अमेरिकन आइडलमा अडिसन दिन पुगे नेपाली युवा
काठमाडौं, फागुन ५ : अंग्रेजी टेलिभिजन च्यानल एबीसीबाट प्रसारण हुने कार्यक्रम अमेरिकन आइडलमा अडिसन दिन एक नेपाली पुगेका छन् । काठमाडौंम....

काठमाडौं, फागुन ५ : अंग्रेजी टेलिभिजन च्यानल एबीसीबाट प्रसारण हुने कार्यक्रम अमेरिकन आइडलमा अडिसन दिन एक नेपाली पुगेका छन् । काठमाडौंमा जन्मिएका दिवेश पोखरेल अमेरिकन आइडलको सिजन १८ मा अडिसज दिन पुगेका हुन् ।
पढाइको शिलसिलामा अमेरिका पुगेका पोखरेले आफुलाई सानै उमेरदेखि संगीतमा रुचि भएको कार्यक्रममा बताएका छन् ।
अडिसन अघि उनले नेपाल निकै सुन्दर देश भनी चिनाएका छन् । उनी भन्छन, 'नेपालमा जहाँबाट पनि हिमाल पहाड देख्न सकिन्छ, नेपालका मानिस धेरै मिलनसार र सहयोगी हुन्छन ।'
तीन निर्णायकलाई ‘नमस्ते’ भन्दै मञ्चमा पुगेका पोखरेलले अमेरिकन आइडलमा प्रस्तुती दिन पाउनु आफ्नो लागि निकै ठूलो कुरा भएको बताए । निर्णायकमा रहेकी गायिका केटी पेरीले दुई हात जोडेर पाखरेललाई नमस्ते फर्काएकी थिइन ।
उनले अडिसनमा बब डिलनको ‘द गर्ल फ्रम द नर्थ कन्ट्री’ र क्रिडेन्स क्लियर वाटर रिभाइभलको ‘ह्याभ यु एभर सीन द रेन’ गीत गाउँछन् । गायक तथा गीतकार लियोनेल रिचीले उनको आवाज निकै राम्रो भन्दै स्टेजमै गएर अँगालो हालेका छन् ।
अर्का निर्णायक लुक ब्रायनले पनि उनलाई ‘अद्वितीय कलाकार’ बताउँदै अमेरिकन आइडलमा आएकोमा धन्यवाद दिएका छन् ।












