Kathmandu Press

कोलिम्बयालाई हराउँदै मोरक्को अन्तिम १६मा, जर्मनी बाहिरियो

बिहीबार भएको समूहको अन्तिम खेलमा कोलम्बियालाई १–०ले हराउँदै मोरक्को अन्तिम १६मा पुगेको हो।
कोलिम्बयालाई हराउँदै मोरक्को अन्तिम १६मा, जर्मनी बाहिरियो

काठमाडाैं, साउन १८ : पहिलो सहभागीतामै मोरक्को महिला विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। बिहीबार भएको समूहको अन्तिम खेलमा कोलम्बियालाई १–०ले हराउँदै मोरक्को अन्तिम १६मा पुगेको हो।

पहिलो खेला जर्मनीसँग पराजित भएको मोरक्कोले त्यसपछि लागतार २ खेल जित्दै अन्तिम १६मा स्थान पक्का गरेको हो।

समूह एचमा कोलम्बिया र मोरक्कोको समान ६ अंक भएपनि कोलम्बिया समूह विजेता बन्यो भने मोरक्को उपविजेता बन्यो।

अस्ट्रेलियाको पर्थमा भएके खेलमा मोरोक्कोको जितमा एनिसा लहमारीले गरे गरिन्। उनले पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा गोल गरेकी थिइन्।

घिज्लाने चेबाकले प्रहार गरेको पेनाल्टी कोलम्बियाकी किपरले रोकेपछि प्राप्त रिबान्उडमा उनले गोल गरेकी थिइन्। त्यसपछ गोल नहुँदा मोरक्को विजयी भयो।

यस्तै अर्को खेलमा दक्षिण कोरियासँग बराबरीमा रोकिएपछि जर्मनी समूह चरणबाटै बाहिरिएको छ। जर्मनी दक्षिण कोरियासँग १–१को बराबरीमा रोकियो।

यो बराबरीपछि समूह एचमा जर्मन ४ अंक जोड्दै तेस्रो भयो भने १ अंक मात्र जोडेको दक्षिण कोरिया पुछारमा रह्यो।

 

प्रकाशित मिति: १८:४० बजे, बिहीबार, साउन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्