Kathmandu Press

ब्राजिल महिला विश्वकपको समूह चरणबाटै बाहिरियो

बुधबार भएको समूहको अन्तिम खेलमा जमैकासँग गोलरहित बराबरीमा रोकिएपछि ब्राजिल समूह चरणबाटै बाहिरिएको हो।
ब्राजिल महिला विश्वकपको समूह चरणबाटै बाहिरियो

काठमाडौं, साउन १७ : ब्राजिल महिला विश्वापको समूह चरणबाटै बाहिरिएको छ। बुधबार भएको समूहको अन्तिम खेलमा जमैकासँग गोलरहित बराबरीमा रोकिएपछि ब्राजिल समूह चरणबाटै बाहिरिएको हो।

यो बराबरीसँगै ब्रााजिल समूह एफमा ४ अंक जोड्दै तेस्रो भयो । ब्राजिलले पहिलो खेलमा पानामालाई हराएको थियो भने दोस्रो खेलमा फ्रान्ससँग पराजित भएको थियो।

यता, ब्राजिललाई रोक्दै जमैका समूहको उपविजेताका रुपमा नकआउट चरण प्रवेश गरेको छ। जमैका पहिलो पटक महिला विश्वकपको नकआउट पुगेको हो। समूहमा उसले १ जित र २ बराबरीसहित ५ अंक जोड्यो।

समूह एफबाट फ्रान्स विजेताका रुपमा अन्तिम १६ पुगेको छ। २ जित र १ बराबरी खेलेको उसले ७ अंक जोड्यो। उसले समूहको अन्तिम खेलमा पानामामाथि ६–३को जित निकाल्यो। पानामा भने अंकबिहीन हुँदै पुछारमा रह्यो।

 

प्रकाशित मिति: १८:३२ बजे, बुधबार, साउन १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्