दक्षिण अफ्रिका पहिलो पटक महिला विश्वकपको अन्तिम १६ मा
समूहको अन्तिम खेलमा इटालीमाथि ३–२को रोमाञ्चक तथा ऐतिहासिक जित निकाल्दै दक्षिण अफ्रिकाले नकआउट चरणमा स्थान पक्का गरेको हो । दोस्रो पटक विश्वकप खेलिरहेको दक्षिण अफ्रिको यो पहिलो जित हो। त्यही जित नै उसलाई नकआउट पुर्याउन पर्याप्त रह्यो।
काठमाडाैं, साउन १७ : अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी महिला विश्वापकमा दक्षिण अफ्रिका पहिलो पटक नकआउट चरणमा प्रवेश गरेको छ।
समूहको अन्तिम खेलमा इटालीमाथि ३–२को रोमाञ्चक तथा ऐतिहासिक जित निकाल्दै दक्षिण अफ्रिकाले नकआउट चरणमा स्थान पक्का गरेको हो । दोस्रो पटक विश्वकप खेलिरहेको दक्षिण अफ्रिको यो पहिलो जित हो। त्यही जित नै उसलाई नकआउट पुर्याउन पर्याप्त रह्यो।
दक्षिण अफ्रिकाको जितमा हिल्दा मागाइस, थेम्बी गाट्लानाले गोल गरेकी थिइन् भने एक गोल आत्मघाती भएको थियो। इटालीका रिन्ना कारुसले गोल गरेकी थिइन्। गाट्लानाले इन्जुरी समयमा गोल गर्दै दक्षिण अफ्रिकालाई नकआउटमा पुर्याएकी हुन्।
यस्तै, समूहको जीको अर्को खेलमा यअसघि नै नकआउट पुगिसकेको स्वीडेनले अर्जेन्टिनालाई २–०ले हरायो। स्वीडेनको यो लगातार तेस्रो जित हो। ्
समूह जीबाट ९ अंकसहित स्वीडेन शीर्ष स्थानमा रहँदै अन्तिम १६ पुग्दा दक्षिण अफ्रिका दक्षिण अफ्रिका ४ अंकसहित दोस्रो भयो। इटालीले ३ अंक जोड्दा अर्जेन्टिना अंकबिहीन रह्यो।