फिफा महिला विश्वकप फुटबलमा आज चार खेल हुँदै
दुवै खेल नेपाली समय अनुसार दिउँसो पौने एक बजे हुनेछन् । यस्तै दिउँसो पौने चार बजे हुने खेलमा समूह एफका पानमा र फ्रान्स तथा जमैका र ब्राजिल खेल्दैछन्।
काठमाडौं, साउन १७ : फिफा महिला विश्वकप फुटबल अन्तर्गत आज चार वटा खेल हुँदैछन् । आज समूह डी का अर्जेन्टिना र स्वीडेन तथा दक्षिण अफ्रिका र इटाली खेल्दैछन् ।
दुवै खेल नेपाली समय अनुसार दिउँसो पौने एक बजे हुनेछन् । यस्तै दिउँसो पौने चार बजे हुने खेलमा समूह एफका पानमा र फ्रान्स तथा जमैका र ब्राजिल खेल्दैछन्।
हिजो भएको खेलबाट इंग्ल्याण्ड, डेनमार्क, अमेरिका र नेदरल्याण्ड्स अन्तिम १६ मा पुगेका छन् ।
इंग्ल्याण्डले चीनलाई, डेनमार्कले हैटीलाई र नेदरल्याण्ड्सले भियतनामलाई हराउँदै अन्तिम १६ मा पुगेका हुन् । अमेरिकाले पोर्चुगलसँग बराबरी खेल्दै अन्तिम १६ मा पुगेको हो ।
प्रकाशित मिति: ०८:३९ बजे, बुधबार, साउन १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार