Kathmandu Press

महिला विश्वकप : नेदरल्यान्ड्स र अमेरिका अन्तिम १६मा, अमेरिकालाई रोके पनि पोर्चुगल बाहिरियो

नेदरल्यान्ड्स समूह ईको विजेता अमेरिका उपविजेताका रुपमा नकआउट पुगेका हुन्।
महिला विश्वकप : नेदरल्यान्ड्स र अमेरिका अन्तिम १६मा, अमेरिकालाई रोके पनि पोर्चुगल बाहिरियो

काडमाडाैं, साउन १६ : अस्ट्रेलिया र न्युजिल्यानडले संयुक्तरुपमा आयोजना भइरहेको महिला विश्वकपमा डिफेन्डिङ च्याम्पियन अमेरिका र नेदरल्यान्ड्स नकआउट चरणमा प्रवेश गरेका छन्। नेदरल्यान्ड्स समूह ईको विजेता अमेरिका उपविजेताका रुपमा नकआउट पुगेका हुन्।

अन्तिम १६मा स्थान बनाउने क्रममा नेदरल्यान्ड्सले समूहको अन्तिम खेलमा भियतनाममाथि ७–०को फाराकिलो जित निकाल्यो। नेदरल्यान्ड्सको जितमा इस्मी ब्रुट्स र जिल रुडले समान २ गोल गर्दा लिक मार्टिन्स र डानिइल भान डे डंकले पनि गोल गरे।

यस्तै, अर्को खेलमा पोर्चुगलसँग गोलरहित बराबरीमा रोक्दै अमेरिकाले अन्तिम १६मा स्थान बनाए। पहिलो पटक विश्वकप खेलिरहेको पोर्चुगलले चार पटकको च्याम्पियन अमरिकाविरुद्ध उत्कृष्ट खेल खेलेको थियो।

अमेरिकालाई बराबरीमा रोकेपनि पोर्चुगल नकआउट चरण पुग्न भने सकेन। समूह ईमा समान १ जित, हार र बराबरीसँगै ४ अंक जोड्दै पोर्चुगल तेस्रो भयो।

यो समूहमा अपराजित रहेको नेदरल्यान्ड्सले ७ अंक जोड्यो भने अमेरिकाले ५ जोड्यो। भियतनाम भने अंकबिहीन रह्यो।

 

प्रकाशित मिति: १६:५८ बजे, मंगलबार, साउन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्