Kathmandu Press

इजरायल उडिन सावित्रा

सावित्रा व्यवसायिक फुटबल खेल्न मंगलबार बिहान इजरायल उडेकी हुन्।
इजरायल उडिन सावित्रा

काठमाडौं, साउन १६ : नेपाली राष्ट्रिय महिला टिम स्टार स्ट्राइकर सावित्रा भण्डारी इजरालय प्रस्थान गरेकी छिन्। सावित्रा व्यवसायिक फुटबल खेल्न मंगलबार बिहान इजरायल उडेकी हुन्।

दक्षिण एसियामा गोल मेसिनको परिचय बनाएकी स्ट्राइकर सावित्रा इजरायली क्लब हापोएल रानानामा आबद्ध भएकी छिन्। सानैदेखि युरोपमा व्यवसायिक फुटबल खेल्ने सपना बनाएकी सावित्रा युरोपमा व्यसायिक फुटबल खेल्ने पहिलो नेपाली खेलाडी हुन्।

अघिल्लो संस्करण भारतको आई लिगमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। गोलमुल केरलालाई च्याम्पियन बनाउने क्रममा सावित्राले २९ गोल गरेकी थिइन्। त्यही प्रदर्शनपछि उनी इजरायली क्लबको नजुरमा परेकी थिइन्।

युरोपमा व्यसायिक फुटबल खेल्ने अवसर पाएपछि सावित्राले आफ्नो सपना साकार भएको बताउँदै उनले आफूले पाएको यो अवसर नेपाली महिला फुटबलकै लागि खुसीको कुरा र ठूलो उपलब्धि भएको बताएकी थिइन्।

युवा तथा खेलकुद मन्त्रालयले विशेष कार्यक्रम गर्दै सावित्रालाई विदाई गरेको थियो।

प्रकाशित मिति: ११:२१ बजे, मंगलबार, साउन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्