Kathmandu Press

मनिष डाँगीले थाइल्यान्डमा फुटबल खेल्ने

२१ वर्षीय स्ट्राइकर मनिष दोस्रो डिभिजनको थाइ क्लब रायोङ एफसीमा एक वर्षका लागि अनुबन्धित भएका छन्।
मनिष डाँगीले थाइल्यान्डमा फुटबल खेल्ने

काठमाडाैं, साउन १५ : नेपाली राष्ट्रिय फुटबल टिमका युवा स्ट्राइकर मनिष डाँगीले थाल्यान्डमा व्यवसायिक फुटबल खेल्ने भएका छन्। २१ वर्षीय मनिष थाइ क्लब रायोङ एफसीमा आबद्ध भएका छन्।

रायोङ थाइल्यान्डको दोस्रो डिभिजन क्लब हो। रायोङले फेसबुकमार्फत मनिष क्लबमा आबद्ध भएको जनाएको छ। उनले रायोङसँग १ वर्षको सम्झौता गरेका छन्।

औपचारिक सम्झौता अघि नै मनिषले रायोङबाट मैत्रीपूर्ण खेलिसकेका छन्। त्यही मैत्रीपूर्ण खेलमा गरेको प्रदर्शनपछि रायोङले मनिषलाई अनुबन्धन गरेको हो।

362297599_842694010548380_3682670599919120297_n1690809514.jpg

रायोङसँगको अनबुन्धनसँगै मनिष थाइ लिगमा अनुबन्धन हुने पहिलो नेपाली खेलाडी बनेका छन्।

सन् २०२१मा राष्ट्रिय टिममा डेब्यू गरेका मनिषले १७ खेलमा ३ गोल गरेका छन्। घरेलु फुटबलमा भने मनिषले यो सिजन संकटा क्लबबाट खेलेका थिए। त्यसअघि उनले मछिन्द्र क्लबबाट खेलेका थिए।

 

प्रकाशित मिति: १९:०१ बजे, सोमबार, साउन १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्