Kathmandu Press

विश्वकप छनोटमा नेपालको विजयी शुरुआत

काठमाडौं, फागुन ७ : आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेकाे छ । आज भएकाे पहिलाे खेलमा मलेसिय....

विश्वकप छनोटमा नेपालको विजयी शुरुआत

काठमाडौं, फागुन ७ : आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेकाे छ । आज भएकाे पहिलाे खेलमा मलेसियालाई ३४ रनले पराजित गरेको हाे ।

नेपालले दिएको एसय २७ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया ९२ रनमै समेटियो । नेपालका लागि सरिता मगर, करुणा भण्डारीले दुईरदुई तथा कविता कुँवर र सिता राना मगरले एकरएक विकेट लिए ।

मलेसियाका लागि क्रिस्टिना ब्यारेटले २१, विनिफ्रेड डुरैसिगम १८ र साशा अज्मीले १६ रन बनाइन ।

यस अघि टस जितेर ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाएर एकसय २६ रन बनाएको हो । नेपालका लागि सीता रानामगरले ४२, रुविना क्षेत्रले ३३ र काजल श्रेष्ठले १६ रन बनाएकी थिइन् ।

मलेसियाका लागि साशा अज्मी र जुमिका अज्मीले एकरएक विकेट लिएका थिए ।

 

प्रकाशित मिति: १२:०० बजे, मंगलबार, फागुन ७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्