Kathmandu Press

महाशिवरात्रि : पशुपतिमा पाँच हजार भारतीय साधु आउने अनुमान 

काठमाडौं फागुन ४ : अघिल्लो वर्षको तुलनामा यस वर्ष महाशिवरात्रिको अवसरमा भारतबाट पशुपतिनाथ दर्शन गर्न आउने साधुको संख्यामा वृद्धि हुने भएको छ । 

महाशिवरात्रि : पशुपतिमा पाँच हजार भारतीय साधु आउने अनुमान 

काठमाडौं फागुन ४ : अघिल्लो वर्षको तुलनामा यस वर्ष महाशिवरात्रिको अवसरमा भारतबाट पशुपतिनाथ दर्शन गर्न आउने साधुको संख्यामा वृद्धि हुने भएको छ । 

शिवरात्रिकै लागि देशको विभिन्न ठाउँ तथा भारतबाट यो वर्ष पाँच हजार साधु पशुपति दर्शनका लागि आउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

Hardik ivf

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार गत वर्ष शिवरात्रिमा भारतबाट चार हजार दुई सय साधु नेपाल भित्रिएका थिए। 

शिवरात्रिका दिन १० लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान कोषले गरेको छ। उक्त संख्यालाई मध्यनजर गर्दै भक्तजनको सुरक्षा व्यवस्थाका लागि पाँच हजार सुरक्षाकर्मी र पाँच हजार स्वयंसेवक खटाइने खतिवडाले बताए। 

साधुहरु खुल्ला आकाशमुनि बस्ने भएकाले बाहिरबाट आउने आउने साधुका लागि मन्दिर क्षेत्र वरिपरी बस्ने व्यवस्था गरिएको छ। कोषका साथै विभिन्न दाताहरुबाट खाना खुवाउने व्यवस्था गरिएको छ। उनले भने, ‘नेपाल भ्रमण वर्ष भएकाले साधु बाबाको संख्या अझै बढ्न सक्छ।’ 

शिवरात्रिका अवसरमा भारतबाट प्रत्येक वर्ष साधुहरु नेपाल आउने गरेका छन्। शिवरात्रि शुरु हुनुभन्दा एक हप्ता अगाडि नै साधुहरु नेपाल आउने गरेको उनी बताउँछन्। यो वर्ष शिवरात्रिका लागि अहिलेसम्म दुई-तीन सय साधु आइसकेका छन्। उनीहरु शिवरात्रि सकिएको एक हप्तापछि मात्र फर्कने गरेका छन्।

शिवरात्रिका दिनमा पशुपति मन्दिरका चारै वटा ढोका खुला रहने छन्। 

प्रकाशित मिति: १७:४३ बजे, आइतबार, फागुन ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्