महिला विश्वापक : ब्राजिलमाथि फ्रान्सको जित, सहज जितसँगै स्वीडेन अन्तिम १६मा
अस्ट्रेलिया र न्युजिल्यानमा जारी महिला विश्वकपमा फ्रान्सले ब्राजिललाई २–१ले हराउँदा स्वीडेन इटालीलाई ५–०ले हराउँदै नकआउट चरण पुग्यो।
काठमाडाैं, साउन १३ : अस्ट्रेलिया र न्युजिल्यानमा भइरहेको महिला विश्वकपमा फ्रान्स विजयी भएको छ। शनिबबार भएको खेलमा फ्रान्सले ब्राजिलमाथि २–१को जित निकाल्यो।
यो जितसँगै फ्रान्स ४ अंकसहित समूह एफको शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा उ जमैकासँग बराबरीमा रोकिएको थियो। ब्राजिल ३ अंकसहित दोस्रो स्थानमा छ।
फ्रान्सको जितमा एगुनीले सोमर, कप्तान वेन्डी रेनार्डले गोल गरे भने ब्राजिलका डेबिन्हाले गोल गरिन्।
फ्रान्सले १७ औं मिनेटमा सोमरको गोलले अग्रता लियो। उनले हेडिङमार्फत गोल गरेकी थिइन्। पहिलो हाफ १–०मै सकियो। ५८औं मिनेटमा ब्राजिलले खेललाई बराबरीमा ल्यायो। उसका डेबिन्हाले गोल गरिन्।
तर, ८३औं मिनेटमा रेनार्डले हेडिङमार्फत गोल गर्दै फ्रान्सलाई २–१को अग्रता दिलाइ। त्यसपछि ब्राजिलले गोल फर्काउने प्रयास गरेपछि उसको प्रयास सफल हुन सकेन।
अर्को खेलमा इटालीमाथि ५–०को सहज जित निकाल्दै स्वीडेन अन्तिम १६मा प्रवेश गरेको छ। समूह जीको खेलमा इटालीविरुद्ध सजत जित दिलाउन स्विडेनका अमन्डा इल्सेटेल्डले दुई गोल गरिन् भने रोल्फो, ब्लाकटेनिस र ब्लोमक्विस्टले पनि गोल गरे।
यो जितसँगै २ खेलमा ६ अंक जोड्दै स्वीडेन नकआउट चरण पुगेको छ। यता, ३ अंक मात्र जोडेको इटाली दोस्रो स्थानमा छ र उसको पनि नकआउट पुग्ने सम्भावना कायमै छ।











