Kathmandu Press

राष्ट्र बैंकले दुई अर्बको ट्रेजरी बिल विक्री गर्ने

काठमाडाैं, फागुन ४ : नेपाल राष्ट्र बैंकले दुई अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ।

केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रिय....

राष्ट्र बैंकले दुई अर्बको ट्रेजरी बिल विक्री गर्ने

काठमाडाैं, फागुन ४ : नेपाल राष्ट्र बैंकले दुई अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ।

केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल विक्री गर्न लागेको हो। बैंकले एक सूचनामार्फत ९१ दिने अवधिका लागि ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको छ।
 
ट्रेजरी बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ। बैंकले यसअघि माघ २७ गते १० करोड बराबरको ट्रेजरी बिल विक्री गरेको थियो।

प्रकाशित मिति: १६:०० बजे, आइतबार, फागुन ४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्