Kathmandu Press

प्रस्तोताविना यस्तो हुँदैछ ओस्कर समारोह

काठमाडौ., फागुन ७ : ओस्कर अवार्ड वितरण समारोह नजिकिँदै गर्दा यसको चर्चा पनि बढ्दै गएको छ । ओस्कर समारोह छोट्याउँने कि, लम्ब्याउने कि वा समयको पर्वाह न....

प्रस्तोताविना यस्तो हुँदैछ ओस्कर समारोह

काठमाडौ., फागुन ७ : ओस्कर अवार्ड वितरण समारोह नजिकिँदै गर्दा यसको चर्चा पनि बढ्दै गएको छ । ओस्कर समारोह छोट्याउँने कि, लम्ब्याउने कि वा समयको पर्वाह नगर्ने यस्तै चर्चा हुन थालेका छन् ।

केही दिनअघि चार विधाको अवार्डलाई विज्ञापनको समयमा दिने चर्चा गरिएको थियो । त्यसको भिडियो सम्पादन गरेर अवार्ड विजेताको मन्तव्यको समयमा प्रस्तुत गर्ने बताइएको थियो ।

Hardik ivf

तर, यसको विरोध भयो । अहिले फेरि २४ सै विधालाई प्रत्यक्ष बाँड्ने निर्णय गरिएको छ ।

अहिले फेरि तीन घण्टाकै समारोह आयोजना गर्ने विषयले चर्चा पाएको छ । पुरै कार्यक्रम छोटो समयमै सम्पन्न गरिने भएकाले पनि चर्चा पाएको छ । यस पटक प्रस्तोताविना नै समारोह आयोजना हुँदैछ ।

प्रोड्यूसरका अनुसार, तीन घण्टामा कार्यक्रम सक्न मुस्किल पर्ने छ । अवार्ड वितरण समारोहको कार्यक्रम छोट्याउनुको कारण बताउँदै ओस्करका प्रतिनिधिले भनेका छन, ‘ओस्कर अवार्ड धेरै लम्बिएकाले नीरस भएको आलोचकले बताएका छन् । त्यस्तै, यसको रेटिङ बढाउने हिसाबले पनि तीन घण्टामै सम्पन्न गर्न खोजिएको हो ।’

ओस्कर प्रोड्यूसर डोनाले तीन घण्टामा नसकिने जवाफ दिएकी छन् । ‘कम समयमा कार्यक्रम सकाउँन जिम्मा दिएको छ, जुन सम्भव छैन,’ उनले भनेकी छन् ।

कार्यक्रम प्रस्तोता नभएकाले केही समय कटौति हुने उनको बुझाइ छ । त्यस्तै, उनले यस पटकको ओस्कर वितरण समारोह चार घण्टासम्म चल्न सक्ने बताएकी छन् ।

आईतबार ओस्कर समाराेह आयाेजना हुँदैछ ।

प्रकाशित मिति: ११:५२ बजे, मंगलबार, फागुन ७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्