Kathmandu Press

बलात्कार आरोपमा पक्राउ परेका पोखरेल घुस काण्डमा पनि समातिएका थिए 

सडक डिभिजन कार्यालय पोखरामा प्रमुख रहेका बेला पोखरेललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले २०७६ साउन २३ गते नौ लाख घुस रकमसहित पक्राउ गरी भ्रष्टाचार मुद्दा चलाएको तथ्य भेटिएको हो।
बलात्कार आरोपमा पक्राउ परेका पोखरेल घुस काण्डमा पनि समातिएका थिए 

काठमाडौं, साउन १२ : बलात्कार आरोपमा पक्राउ परेका मध्य पहाडी लोकमार्ग आयोजनाका निर्देशक इञ्जिनियर हरिकुमार पोखरेल चार वर्षअघि ९ लाख घुससहित पक्राउ परेका थिए। 

सडक डिभिजन कार्यालय पोखरामा प्रमुख रहेका बेला पोखरेललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले २०७६ साउन २३ गते नौ लाख घुस रकमसहित पक्राउ गरी भ्रष्टाचार मुद्दा चलाएको तथ्य भेटिएको हो।

पोखरेलसँग इञ्जिनियर पवित्रमणि आचार्य, ठेकेदार ऋषि गौतम र पोखरेलका दुई जना भान्छे समेत समातिएका थिए। अख्तियारले सडक डिभिजन कार्यालय पोखरा अन्तर्गत सडक निर्माणको ठेक्का मिलाइदिन भनी जीएमआर निर्माण सेवाका ठेकेदार ऋषि गौतमले पोखरेलको निवासमा पुगेर नौ लाख रुपैयाँ घुस रसिवत दिएको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो। 

उक्त प्रकरणमा विशेष अदालतले २०७८ चैतमा सफाई दिएपछि फैसला उल्ट्याउन माग राखेर अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको छ। अख्तियारले २०७६ भदौ १३ गते विशेषमा मुद्दा दायर गरेको थियो।

एक युवतीले बलात्कारको आरोपमा किटानी जाहेरी दिएपछि पोखरेललाई प्रहरीले अनुसन्धानका लागि शुक्रबार पक्राउ गरेको छ। ब्लु क्रस अस्पतालमा उपचारका लागि आएका पोखरेल पक्राउ परेका हुन्। 

प्रकाशित मिति: १४:४३ बजे, शुक्रबार, साउन १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्