राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण
नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
काठमाडौं, साउन १२ : राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ प्रमाणीकरण गरेका छन्।
नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
विधेयक संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस गरिएको थियो।
प्रकाशित मिति: १४:३३ बजे, शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार