Kathmandu Press

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि चार दिनभित्र दाबी पेस गर्न आह्वान

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि चार दिनभित्र दाबी पेस गर्न आह्वान

काठमाडौं, साउन १२ : कोशी प्रदेशको मुख्यमन्त्रीका लागि चार दिनभित्र दाबी पेस गर्न आह्वान गरिएको छ।

प्रदेश प्रमुख परशुराम खापुङले १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी वज्ञिप्तिमा सर्वाेच्च अदालतकाे परमादेश बमाेजिम प्रदेश प्रमुखले नयाँ सरकारका लागि आह्वान गरेकाे उल्लेख छ। 

सर्वोच्च अदालतले बिहीबार मात्र मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गर्नुका साथै संविधानको धारा १६८ (२) अनुसार १७ गतेसभित्र मुख्यमन्त्री नियुक्त गरिसक्न परमादेश दिएको थियो।

koshi-Prades1690533359.png

 

प्रकाशित मिति: १४:१४ बजे, शुक्रबार, साउन १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्