Kathmandu Press

अधिवक्ता भगवती पाण्डे 'शीतल'विरुद्ध पक्राउ पुर्जी जारी

प्राइम टिभीमा प्रसारित अन्तरवार्ताका क्रममा तामाङ र मगर समुदायमा दाजुबहिनीबीच विवाह हुने भनी विवादास्पद अभिव्यक्ति दिएकी उनीविरूद्ध पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएकाे छ।
अधिवक्ता भगवती पाण्डे 'शीतल'विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, साउन १२ : अधिवक्ता भगवती पाण्डे 'शीतल'विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। प्राइम टिभीमा प्रसारित अन्तरवार्ताका क्रममा तामाङ र मगर समुदायमा दाजुबहिनीबीच विवाह हुने भनी विवादास्पद अभिव्यक्ति दिएकी उनीविरूद्ध पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएकाे छ।

तामाङ, मगर समुदायका व्यक्तिहरूले दिएकाे उजुरीका आधारमा अधिवक्ता पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी भएकाे परिसरले जनाएकाे छ। जातीय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न पाण्डेविरुद्ध जाहेरी परेको जनाइएकाे छ। पाण्डेको खोजी भइरहेको प्रहरीकाे भनाइ छ।

उनले अन्तरवार्तामा मुस्लिम, मगर, तामाङलगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने र त्यो विज्ञानको हिसाबले गलत रहेको बताएकी थिइन्। ‘मुस्लिम, मगर, तामाङ समुदायमा दाजु बहिनीबीच विवाह हुँदो रहेछ । यस्तो विवाहले जिनमा खराबी उत्पन्न गर्छ। नजिकको सम्बन्ध पशुमा पनि बारिन्छ,’ उनले भनेकी थिइन्। 

यिनीहरूबाट जन्मेको बच्चा एकोहोरो हुने, जिद्दीपना हुने, एक लाइनको सोच्ने, गर्छु भनेपछि गर्छुगर्छु भन्ने खालको हुने र यसबाट अपराध जिन्मने बताएकी थिइन्।

उक्त अन्तरवार्ता दिएपछि तामाङ र मगर समुदायभित्र उनी निकै आलोचित बनेकी छन्। प्रतिनिधिसभा बैठक पनि तामाङ र मगर समुदायका दुई महिला सांसदले उनीमाथि कारबाही माग गरेका थिए ।

प्रकाशित मिति: १३:५८ बजे, शुक्रबार, साउन १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्