Kathmandu Press

गणपुरक नपुग्दा लेखा समितिको बैठक स्थगित 

समितिको बैठकमा १३ जना सांसद सहभागी भए पनि एकजना नपुग्दा बैठक रोकिएको हो।
गणपुरक नपुग्दा लेखा समितिको बैठक स्थगित 
फाइल तस्बिर

काठमाडौं, साउन १२ : बिहान साढे ११ बजेका लागि डाकिएको सार्वजनिक लेखा समितिको बैठक कोरम नपुगेका कारण स्थगित भएको छ। 

समितिको बैठकमा १३ जना सांसद सहभागी भए पनि एकजना नपुग्दा बैठक रोकिएको हो।

बैठकमा सांसदहरू श्याम कुमार घिमिरे र गोकुल बास्कोटा नआएको जनाइएको छ। उनीले आउने जानकारी दिएर पनि उपस्थित नभएपछि वैठक स्थगित गर्नुपरेको हो। 

बैठकमा समितिको आन्तरिक कार्यविधि र उजुरीहरू बारे छलफल गर्न कार्यसूची तय गरिएको थियो। अर्को पुनः बैठक आइतबारका लागि तोकिएको छ।
 

प्रकाशित मिति: १३:२५ बजे, शुक्रबार, साउन १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्