जनक र निखिताको कोसेली ‘पियार’
‘पियार’ बोलको म्युजिक भिडियोमा उनीहरु एकसाथ देखापरेका हुन्। युवा पुस्ताका दुई गायक गायिका जनक ताम्राकार र निखिता थापाको यस गीतमा युगल गायन रहेको छ।
काठमाडाैं, साउन १२ : अभिनेत्री मल्लिका महत र अनुज गुरुङ फेरि एकसाथ नयाँ म्युजिक भिडियोको अभिनयमा देखिएका छन्।
‘पियार’ बोलको म्युजिक भिडियोमा उनीहरु एकसाथ देखापरेका हुन्। युवा पुस्ताका दुई गायक गायिका जनक ताम्राकार र निखिता थापाको यस गीतमा युगल गायन रहेको छ।
‘मै छु नि तिम्रो पियार सान्नानी’, ‘सलल पानी यो जिन्दगानी, बगेर जाने छ एक दिन त’, ‘आगो है लाग्यो मधु र वन’, ‘केलाई खोज्नु सुन र चाँदी, मै छु नि तिम्रो पियार सान्नानी’, ‘रेशम, रेशम, रेशमी केश, चन्द्रमा तिम्रो मुहार’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ।
हृदयस्पर्शी यस गीतमा शब्द र सङ्गीत महेश ताम्राकारको रहेको छ भने प्रसन परियारको सङ्गीत संयोजन रहेको छ । उत्तम हुमागाईंले छायांकन गरेको यस गीतको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा तयार पारिएको भिडियोको निर्मात्री दिलु गुरुङ रहेकी छन्।
भिडियो गायक ताम्राकारको युट्युब च्यानल ‘जनक ताम्राकार’मार्फत सार्वजनिक भएको हो। यसअघि मल्लिका र अनुज अभिनित ‘नौडाँडा पारी–२’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको थियो। नयाँ म्युजिक भिडियो मोडल गुरुङको जन्मदिनका अवसरमा सार्वजनिक गरिएको जनाइएको छ।












