Kathmandu Press

बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल पक्राउ

पोखरेललाई प्रहरीले त्रिपुरेश्वरबाट केही बेरअघि पक्राउ गरेको हो ।
बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल पक्राउ

काठमाडौं, साउन १२ : बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक हरिकुमार पोखरेल पक्राउ परेका छन्।

पोखरेललाई प्रहरीले त्रिपुरेश्वरबाट पक्राउ केही बेरअघि पक्राउ गरेको हो। त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका लागि भन्दै भर्ना भएर बसेका थिए।

बलात्कार आरोप लागेपछि पोखरेल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयबाटै सम्पर्कविहीन भएका थिए।

आफ्नो घरमा काम गर्ने एक किशोरीलाई बलात्कार गरेको आरोप पोखरेलमाथि लागेको छ। ती किशोरीले  सामाजिक सन्जालमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै भिडियो पोस्ट गरेकी थिइन् ।

प्रकाशित मिति: ११:५३ बजे, शुक्रबार, साउन १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्