राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन
राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको समेत अवलोकन गर्नुभएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
काठमाडौं, साउन १२ : राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन्।
राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको समेत अवलोकन गर्नुभएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
सो अवसरमा राष्ट्रपति पौडेललाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गरेका थिए।
राष्ट्रपति पौडेललाई पाटन सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा शिवाकोटीले उक्त क्षेत्रको जानकारी गराएका थिए।
प्रकाशित मिति: ११:३६ बजे, शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार