Kathmandu Press

लुमजुङमा बस दुर्घटना, ६ जना घाइते, १ जनाको अवस्था गम्भीर

शेरास्थित बस टिकट काउन्टर नजिकै ओरालोमा रोकेर राखेको बस एक्कासी गुडेर भीरबाट खस्दा हुँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ।
लुमजुङमा बस दुर्घटना, ६ जना घाइते, १ जनाको अवस्था गम्भीर

लुमजुङ, साउन ११ : बेँसीशहर नगरपालिका–८ शेरामा बस दुर्घटना भएको छ। शेरास्थित बस टिकट काउन्टर नजिकै ओरालोमा रोकेर राखेको बस एक्कासी गुडेर भीरबाट खस्दा हुँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ।

घाइते ६ जनामध्ये घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। प्रहरीलेका अनुसार २२ वर्षीया मिष्मा गुरुङ गम्भीर घाइते भएकी छिन्। उनलाई उपचारका लागि चिवतन पठाइएको छ।

अन्य घाइते ५ जना भने सामान्य उपचारपछि घर फर्किसकेका छन्।

गुडेर खसेको बस रुखले रोकेकाले बढी क्षति हुन नपाएको प्रहरीले जनाएको छ। प्रहरीले बस चालक हेमन्त तामाङलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २०:०१ बजे, बिहीबार, साउन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्