प्रधानमन्त्रीद्वारा ओलम्पिक रंगशालाको अवलोकन
इटाली भ्रमणमा रहेका उनले इटालिन क्लब एएस रोमाको घरेलु मैदान स्टाडियो ओलम्पिक अवलोक गरेका हुन्। उनले उक्त रंगशालाका बारेमा जानकारी लिएका थिए ।
काठमाडौं, साउन ११ : प्रधानमन्त्री पुष्पकमल दाहालले इटालीको रोममा रहेको ‘स्टाडियो ओलम्पिक’ आज अवलोकन गरेका छन्।
इटाली भ्रमणमा रहेका उनले इटालिन क्लब एएस रोमाको घरेलु मैदान स्टाडियो ओलम्पिक अवलोक गरेका हुन्। उनले उक्त रंगशालाका बारेमा जानकारी लिएका थिए ।
७० हजार दर्शक क्षमताको सो रंगशालामा प्रधानमन्त्री दाहालले खेलाडी आउने जाने मार्ग, प्यारापिट, पत्रकार सम्मेलन कक्ष, रंगशाला सञ्चालनका क्रममा प्रयोग गरिने सबै क्षेत्रको अवलोकन गरेका थिए।
उनले रंगशालामा प्रदर्शनीमा राखिएको इटालीले प्राप्त गरेको पहिलो शिल्ड, खेलाडीका जर्सीलगायतको अवलोकन गरेका थिए। प्रधानमन्त्री दाहाललाई रंगशालाका अधिकारीहरूले सम्पूर्ण जानकारी गराएका थिए ।
उक्त रङ्गशाला सन् १९६० देखि सञ्चालनमा आएको हो।
प्रकाशित मिति: १९:०७ बजे, बिहीबार, साउन ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











