Kathmandu Press

विवेकशील साझा व्यक्तिभन्दा पनि सामूहिक नेतृत्वमा केन्द्रित : समीक्षा बास्कोटा

विवेकशील साझा पार्टीको छैटौ स्थापना दिवसका अवसरमा बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा बास्कोटाले पार्टी व्यक्तिको वरिपरि घुम्दा बिगतमा पनि समस्या देखिएको भन्दै सामूहिक नेतृत्वमा केन्द्रीत रहेको बताएकी हुन्।
विवेकशील साझा व्यक्तिभन्दा पनि सामूहिक नेतृत्वमा केन्द्रित : समीक्षा बास्कोटा

काठमाडाैं, साउन ११ : विवेकशील साझा पार्टी अध्यक्ष समीक्षा बास्कोटाले पार्टी व्यक्तिभन्दा पनि सामूहिक नेतृत्वमा केन्द्रित रहेको बताएकी छन्। 

विवेकशील साझा पार्टीको छैटौ स्थापना दिवसका अवसरमा बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा बास्कोटाले पार्टी व्यक्तिको वरिपरि घुम्दा बिगतमा पनि समस्या देखिएको भन्दै सामूहिक नेतृत्वमा केन्द्रlत रहेको बताएकी हुन्।

व्यक्तिगत रुपमा पार्टी चलाउदा कुनै न कुनै बेला पार्टीलाई घात हुन सक्ने सिकाई पार्टीले भोग्नुपरेको उनले बताए। बास्कोटाले सामूहिक नेतृत्वमा जाँदा देशभरी नै पार्टीप्रतिको बुझाइ नै फरक पर्न जाने जिकिर गरिन्।

उनले पार्टीभित्र एकले बोलेको कुराले अर्कोलाई कति असर पर्छ भन्ने नेताहरुले बुझ्न जरुरी रहेको धारणा राखिन्। बास्कोटाले पार्टीलार्ई बलियो बनाउन नेतृत्वलाई पनि हौसला प्रदान गर्नुपर्ने बताइन्।

कार्यक्रममा विवेकशील साझा पार्टीले प्रथम राष्ट्रिय महाविधेशनबाट पारित परिर्वनको संकल्प, सामाजिक न्याय र समृद्धिको अठोट विषयक राजनीतिक दस्तावेश सार्वजनिक गरेको थियो। बिभिन्न व्यक्तिहरुलाई कदर पत्र प्रदान गरिएको थियो।  

प्रकाशित मिति: १८:२७ बजे, बिहीबार, साउन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्