Kathmandu Press

लघुवित्त पीडितहरूसँग वार्ता गर्न अर्थले बनायाे समिति

काठमाडौंमा आन्दोलनरत लघुवित्त पीडित समितिसँग वार्ता गर्न अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरिएको हाे।
लघुवित्त पीडितहरूसँग वार्ता गर्न अर्थले बनायाे समिति

काठमाडौं, साउन ११ : अर्थ मन्त्रालयले लघुवित्तीय संस्थाबाट पीडितहरूसँग वार्ता गर्न समिति बनाएको छ।

काठमाडौंमा आन्दोलनरत लघुवित्त पीडित समितिसँग वार्ता गर्न अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरिएको हाे।

अर्थ मन्त्रीस्तरको निर्णयबाट गठन भएको वार्ता समितिमा गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधि पनि सदस्य रहने मन्त्रालयका प्रवक्ता धनिराम शर्माले जानकारी दिए।

सो समितिलाई लघुवित्त पीडित समितिसँग वार्ता तथा छलफल गरी समाधानको सिफारिस गर्ने कार्यादेश दिइएको छ। ‘नेपाल राष्ट्र बैंकले पनि छुट्टै डेस्क राखेर लघुवित्त पीडितको समस्या समाधानको प्रयास गरिरहेको छ,' विज्ञिप्तमार्फत प्रवक्ता शर्माले भनेका छन्, 'अहिले पनि काठमाडौंमा आन्दोलन जारी नै भएकाले वार्ता मार्फत् पनि समाधानको पहल गर्न समिति गठन भएको हो।’

समितिले वार्ताका लागि सहजीकरण गरिदिन गृह मन्त्रालयलाई पत्राचारसमेत गरेको जनाइएकाे छ।

प्रकाशित मिति: १७:१० बजे, बिहीबार, साउन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्