मुलुकमा लगानीका लागि विश्वासको वातावरण बनाउनुपर्छ : बद्री पाण्डे
स्वदेशमा लगानी गर्ने, नागरिकलाई स्वेदशमा नै अवसर प्रदान गर्ने लगाएतका बिषयमा ठूलो दलको हैसियतले कांग्रेस जिम्मेवार हुनुपर्ने उनले बताए।
काठमाडाैं, साउन ११ : नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले मुलुकमा लगानीका लागि विश्वासको वातावरण बनाउनुपर्ने बताएका छन्।
नेपाल सार्वजनिक सेवा कर्मचारी संघले बिहीबार भक्तपुरमा आयोजना गरेको सार्वजनिक तथा निजी क्षेत्र श्रम बजार अधिकार, चूनौति र आगामी कार्यदिशा विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै पाण्डले विश्वासको वातावरण नहुँदा मुलुकमा प्रयाप्त लगानी भित्रन नसकेको र स्वदेशमा पनि पुजी परिचालन हुन नसकेको भन्दै लगानीका लागि विश्वासको वातावरण बनाउनुपर्ने बताएका हुन्।
स्वदेशमा लगानी गर्ने, नागरिकलाई स्वेदशमा नै अवसर प्रदान गर्ने लगाएतका बिषयमा ठूलो दलको हैसियतले कांग्रेस जिम्मेवार हुनुपर्ने उनले बताए। पाण्डेले नीति महाधिवेशनले गर्ने कामहरु गर्ने गरी महासिमितको बैठक बोलाइएको भन्दै बिभिन्न नीति पारित गर्दै पार्टीलाई आन्तरिक रुपमा नै बलियो बनाउनुपर्ने धारणा राखे।
उनले पार्टीलाई सहि दिशा दिँदै तीनै तहको सरकारलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए।











