Kathmandu Press

बाग्मती प्रदेशमा घट्याे गाडी भाडा, कहाँ जान कति रूपैयाँ?

नेपाल आयल निगमले साउन १ गते इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बागमती प्रदेशले गाडी भाडा समायोजन गरेको हो। यसअघि यो प्रदेशले जेठ ११ मा गाडी भाडादर समायोजन गरेको थियो।
बाग्मती प्रदेशमा घट्याे गाडी भाडा, कहाँ जान कति रूपैयाँ?

काठमाडौंं, साउन ११ : काठमाडौं उपात्यकासहित बागमती प्रदेशमा आज (बिहीबार) देखि सार्वजनिक यातायातको भाडा घटेको छ।

नेपाल आयल निगमले साउन १ गते इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बागमती प्रदेशले गाडी भाडा समायोजन गरेको हो। यसअघि यो प्रदेशले जेठ ११ मा गाडी भाडादर समायोजन गरेको थियो।

वाग्मती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्रालयले आज जारी गरेको प्रदेश राजपत्रअनुसार उपत्यकाबाहिर चल्ने लामो रुटको यात्रुवाहक सवारीमा २.३० प्रतिशत, मालवाहक सवारीसाधन (ट्रक) मा ३.१ प्रतिशत भाडा घटेको छ।

मालबाहक सवारीमा प्रतिकिलोमिटरमिटर प्रतिटन १४ रुपैयाँ १९ पैसाबाट भाडा घटेको छ। जस अनुसार अबको प्रतिकिलोमिटरमिटर प्रतिटन भाडा १३ रुपैयाँ ७४ पैसा लाग्नेछ।

यस्तै काठमाडौं उपत्यकामा ५ किलोमिटरसम्म यात्रा गर्दा यात्रुवाहक सार्वजनिक सवारीमा १८ रुपैयाँ, १० किलोमिटरसम्म यात्रा गर्दा २४ रुपैयाँ, १५ किलोमिटरसम्म यात्रा गर्दा २९ रुपैयाँ, २० किलोमिटरसम्म यात्रा गर्दा ३२ र २० किलोमिटर भन्दा बढी ३७ रुपैयाँ भाडा लाग्नेछ।

उक्त भाडादरमा १५ केजीसम्म यात्रुले निःशुल्क सरसामान बोक्न पाउनेछन् भने त्यसभन्दा माथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँको दरले भाडा लाग्ने राजपत्रमा उल्लेख छ।

प्रकाशित मिति: १५:४६ बजे, बिहीबार, साउन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्