कोशीमा सात दिनभित्र फेरि बहुमतकै सरकार बनाउन सर्वोच्चको आदेश (पूर्णपाठसहित)
सर्वोच्चले सात दिनभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेशमा भनेको छ। सर्वोच्चको आदेश अनुसार पुनः संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको गृहकार्य गर्नुपर्ने भएको छ। कोशी प्रदेशसभामा ९३ सांसद छन्। तिमध्ये बहुमत जुटाउन सक्ने दलले सरकारको दाबी गर्न पाउनेछ।
काठमाडौं, ११ साउन : सर्वोच्च अदालतको पूर्ण इजलासले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ।
सर्वोच्चले सात दिनभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेशमा भनेको छ। सर्वोच्चको आदेश अनुसार पुनः संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको गृहकार्य गर्नुपर्ने भएको छ। कोशी प्रदेशसभामा ९३ सांसद छन्। तिमध्ये बहुमत जुटाउन सक्ने दलले सरकारको दाबी गर्न पाउनेछ।
आदेश अनुसार कुनै पनि दलले बहुमत जुटाउन नसके १६८ (३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्ने बाटो खुल्ने छ। सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै पदमुक्त हुने आदेश दिएको हो।
कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत लिएपछि विवाद उत्पन्न भएको थियो। उनी २१ असारमा मुख्यमन्त्री बनेका थिए। उनी मुख्य मन्त्री बनेपछि नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कानुनी र संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दिएका हुन्।
तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्न नसक्ने दाबी उनको थियो। थापाको नियुक्ति बदर गरी संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग थियो।
मतदानमा सहभागि हुन सभामुखको अधिकार नरहेको भन्दै सर्वोच्चले थापा नेतृत्वको सरकारलाई अवैध ठहर गरेको हो।