Kathmandu Press

थापा नेतृत्वको कोशी सरकार सर्वोच्चबाट अवैध ठहर 

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश दिएको हो।
थापा नेतृत्वको कोशी सरकार सर्वोच्चबाट अवैध ठहर 

काठमाडौं, साउन ११ : सर्वोच्च अदालतको पूर्ण इजलासले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर हुने फैसला सुनाएको छ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश दिएको हो।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत लिएपछि विवाद उत्पन्न भएको थियो। उनी २१ असारमा मुख्यमन्त्री बनेका थिए।

उनी मुख्य मन्त्री बनेपछि नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कानुनी र संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दिएका हुन्।

तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्न नसक्ने दाबी उनको थियो। थापाको नियुक्ति बदर गरी संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग थियो।

मतदानमा सहभागि हुन सभामुखको अधिकार नरहेको भन्दै सर्वोच्चले थापा नेतृत्वको सरकारलाई अवैध ठहर गरेको हो। रिट निवेदकको माग वमोजिम आदेश भए पनि फैसलाको पूर्ण पाठ भने आएको छैन। 

प्रकाशित मिति: १५:०५ बजे, बिहीबार, साउन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्