Kathmandu Press

गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिवाना तिरे

‘अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु।’
गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिवाना तिरे

काठमाडौं, साउन ११ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिवाना तिरेका छन्।

चुनाव खर्च विवरण बुझाएर सार्वजनिक नगरेको भन्दै प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तोकेपछि काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य रहेका थापाले जरिवाना तिरेका हुन्। उनले  आज (बुधबार) सामाजिक सञ्जालमार्फत आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना तिरेको जानकारी गराएका छन् ।

‘मैले निर्वाचन आयोगमा मिति २०७९–०८–२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु। यो विवरण सार्वजनिक पनि भएको थियो। तर यस्तो जानकारी आयोगलाई गराउनुपर्ने जानकारी नभएको जानकारी गराउँछु,’ उनले फेसबुकमा लेखेका छन्, ‘अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु।’

यस्तो छ थापाले सार्वजनिक गरेको खर्च विवरण :

gagan-thapa-5-736x10241690448829.jpg

प्रकाशित मिति: १४:५१ बजे, बिहीबार, साउन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्