Kathmandu Press

आपत्तिजनक अभिव्यक्तिलाई लिएर अधिवक्ता पाण्डेविरुद्ध जाहेरी 

तामाङ अगुवाले उनीविरुद्ध कारबाहीका लागि जाहेरी दर्ता गरेका हुन्। नेपाल तामाङ घेदुङले जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी दरखास्त दिएको हो।
आपत्तिजनक अभिव्यक्तिलाई लिएर अधिवक्ता पाण्डेविरुद्ध जाहेरी 

काठमाडौं, साउन ११ : अधिवक्ता भगवती पाण्डे ‘शीतल’ले एक टेलिभिजनलाई दिएको अन्तरवार्ताका कारण आत्मसम्मानमा ठेस पुगेको बताउँदै प्रहरीमा जाहेरी दर्ता भएको छ।  

तामाङ अगुवाले उनीविरुद्ध कारबाहीका लागि जाहेरी दर्ता गरेका हुन्। नेपाल तामाङ घेदुङले जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी दरखास्त दिएको हो।

जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८, मुलुकी अपराध संहिता २०७४ विपरीत कसुर गरेको दाबी जाहेरीमा छ। पाण्डेसँगै कार्यक्रम प्रस्तोता दिक्पाल कार्की र कार्यक्रम प्रशारण गर्ने टेलिभिजन प्राइम टाइम टिभीलाई पनि विपक्षी बनाइएको छ।

प्राइम टिभीमा प्रसारित अन्तरवार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै त्यो विज्ञानको हिसाबले गलत रहेको भनेकी थिइन् । उनलाई अभिव्यक्तिलाई लिएर सम्बद्ध जातिका अगुवाहरुले आपत्तिसमेत जनाएका छन् । 

अधिवक्ता पाण्डेले भने कुनै समुदायलाई चोट पुग्ने गरी बोल्ने आफ्नो नियत नभएको भन्दै सार्वजनिक रूपमा माफी मागिसकेकी छन्। 
 
प्रकाशित मिति: १४:४० बजे, बिहीबार, साउन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्