क्यानोनिङ गर्दा एकको निधन
भण्डारीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
कास्की, साउन ११ : छाँगावरोहण (क्यानोनिङ) गर्ने क्रममा लडेर पोखरा महानगरपालिका २६ बूढीबजारकी २२ वर्षीया अञ्जिता भण्डारीको निधन भएको छ।
बुधबार अपरान्ह माछापुच्छ्रे गाउँपालिका ९ घलेलस्थित झरनामा ‘क्यानोनिङ’ गर्ने क्रममा लडेर घाइते भएकी भण्डारीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रकाशित मिति: १३:५८ बजे, बिहीबार, साउन ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
