कालीमाटी तरकारी बजार : बिनाप्रतिस्पर्धा सटर भाडामा दिने सम्झौता खारेजी माग गर्दै धर्ना
बजारका सटर र स्टलहरु खुल्ला प्रतिष्पर्धा मार्फत भाडामा लगाउनुुपर्ने र बिनाप्रतिस्पर्धा भाडामा दिने सम्झौता खारेज गर्नुपर्ने भन्दै किसान सञ्जालले धर्ना दिएका हुन्।
काठमाडाैं, साउन ११ : कालीमाटी तरकारी बजारका सटरहरु बिनाप्रतिस्पर्धा भाडामा दिने सम्झौता खारेज गर्नुपर्ने भन्दै राष्ट्रिय किसान सञ्जालले कालीमाटी तरकारी बजार विकास समितिको कार्यालय धर्ना दिएका छन्।
बजारका सटर र स्टलहरु खुल्ला प्रतिष्पर्धा मार्फत भाडामा लगाउनुुपर्ने र विना प्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर्नुपर्ने भन्दै किसान सञ्जालले धर्ना दिएका हुन्।
सञ्जालले बजारका ५० प्रतिशत सटर र स्टलहरु उत्पादक किसानलाई सहुलियत दरमा छुट्टाउनुपर्ने, बजार बिकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित हुनुपर्ने माग पनि अघि सारेको छ भने किसान र उपभोक्ता हित विरोधी निर्णय खारेज गर्नुपर्ने लगाएतका माग राख्दै बिगत चार दिनदेखि निरन्तर समितिको कार्यालय धर्ना दिइएको अखिल नेपाल किसान महासंघका महासचिव बाबुराम थापाले बताए।
धर्ना कार्यक्रम समितिले गरेको निर्णय फिर्ता नगरेसम्म निरन्तर जारी रहने संजालले जनाएको छ। यस्तै सञ्जालले लम्पी स्किन रोगबाट पशु क्षति भएको, पशु बीमाको रकम नपाएको, तरकारी उत्पादक किसानले उचित मूल्य नपाएको भन्दै थप देशव्यापी आन्दोलन सुरु गरेको समेत जनाएको छ।











