Kathmandu Press

मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित 

उक्त विधेयक बिहीबारै राष्ट्रिय सभाको बैठकमा टेबल भएको थियो। यसअघि प्रतिनिधि सभाले संशोधन सहित पारित गरेको थियो। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विधेयकलाई पुनः पारित गर्नका लागि राष्ट्रिय सभामा प्रस्तुत गरेका थिए।
मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित 

काठमाडौँ, साउन ११ : मिटर व्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ लाई राष्ट्रिय सभाले पुनः सर्वसम्ममतीले पारित गरेको छ। 

उक्त विधेयक बिहीबारै राष्ट्रिय सभाको बैठकमा टेबल भएको थियो। यसअघि प्रतिनिधि सभाले संशोधन सहित पारित गरेको थियो। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विधेयकलाई पुनः पारित गर्नका लागि राष्ट्रिय सभामा प्रस्तुत गरेका थिए।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो विधेयकमाथि प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो।

विधेयक पारित भएपछि राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाइने छ। विधेयक पारित गर्दै राष्ट्रिय सभाको बैठक पनि साउन १८ गते बिहीबार १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित गरिएको छ। 
 
प्रकाशित मिति: १३:०१ बजे, बिहीबार, साउन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्