Kathmandu Press

सुन प्रकरणमा अनुसन्धान समितिलाई स्वतन्त्र छानबिनका लागि राज्यले सघाउँछ : अर्थमन्त्री महत

बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै अर्थमन्त्री महतले सुन प्रकरणपछि केहि कर्मचारीलाई निलम्वन गरिसकेको भन्दै अनुसन्धान समितिलाई स्वतन्त्र रुपमा काम गर्न दिने र राज्यले सहयोग गर्ने बताए।
सुन प्रकरणमा अनुसन्धान समितिलाई स्वतन्त्र छानबिनका लागि राज्यले सघाउँछ : अर्थमन्त्री महत

काठमाडाैं, साउन ११ : अर्थमन्त्री डा प्रकाशशरण महतले सुन प्रकरणमा अनुसन्धान समितिलाई स्वतन्त्र रुपमा छानबिन गर्न राज्यले सम्पूर्ण हिसाबले सहयोग गर्ने बताएका छन्।

बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै अर्थमन्त्री महतले सुन प्रकरणपछि केहि कर्मचारीलाई निलम्बन गरिसकेको भन्दै अनुसन्धान समितिलाई स्वतन्त्र रुपमा काम गर्न दिने र राज्यले सहयोग गर्ने बताए।

उनले सुन प्रकरणमा मेशिन वा मानविय कमजोरी हो भन्ने छानविन समितिले पत्ता लगाउने दावी गरे। मन्त्री महतले भन्सार कार्यालयमा अनाधिकृत व्यक्ति प्रवेशमा रोक लगाउन निर्देशन दिएको जानकारी दिए।

उनले अपराध गर्ने व्यक्तिहरुले नयाँ नयाँ प्रविधिहरु प्रयोग गर्न सक्ने भएकाले भन्सारमा रहेका प्रविधिहरुलाई पनि समयानुकुल परिवर्तन गर्दै जानुपर्ने धारणा राए।

उनले बिमानस्थलमा रहेका राज्यका विभिन्न निकायसंग छलफल गर्दै सुधारका विषयमा पनि छलफल भएको बताए। राज्यका सबैको समन्वयकारी भूमिकाले नै विमानस्थलमा हुने गैर कानुनी गतिविधिहरु कम भएर जाने उनले बताए।

अर्थमन्त्री महतले बिमानस्थलको आगमन, प्रस्थान र भन्सार क्षेत्रको अवस्थाबारे निरिक्षण गरेका हुन्। सुन प्रकरणपछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि भन्सार क्षेत्रको निरीक्षण गरेका थिए।

केही दिनअघि विमानस्थलको भन्सारबाट जाँचपास भएको वस्तुमा सुन भएको पाइएपछि राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। 

प्रकाशित मिति: १२:२६ बजे, बिहीबार, साउन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्