Kathmandu Press

कबड्डीकी नायिका रिश्माले कसिँन लगनगाँठो

काठमाडौं, फागुन ४ : चर्चित फिल्म ‘कबड्डी’ सिरिजकी नायिका रिश्मा गुरुङले विवाह गरेकी छन्।

उनले शुक्रबार प्रेमि सन्दीप गुरुङसँग वि....

कबड्डीकी नायिका रिश्माले कसिँन लगनगाँठो

काठमाडौं, फागुन ४ : चर्चित फिल्म ‘कबड्डी’ सिरिजकी नायिका रिश्मा गुरुङले विवाह गरेकी छन्।

उनले शुक्रबार प्रेमि सन्दीप गुरुङसँग विवाह गरेकी हुन्। दुवै परिवारको उपस्थितमा विवाह गरिएको छ।

‘कबड्डी’बाट नेपाली रजतपटमा डेब्यू गरेकी अभिनेत्री रिश्मा फिल्मकी पात्र ‘मैंया’को नामबाट चर्चित छन्। उनी पछिल्लोपटक ‘कबड्डी’को तेस्रो श्रृंखलामा देखिएकी थिइन। त्यसअघिका दुवै श्रृखंलामा उनी मूख्य भूमिकामा थिइन्।

उनले ‘झुम्की’मा पनि काम गरेकी थिइन। विवाहपछि भने उनले फिल्म नखेल्ने जनाएकी छन्।

 

 

प्रकाशित मिति: १२:३९ बजे, आइतबार, फागुन ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्