Kathmandu Press

अर्थमन्त्री महतले गरे विमानस्थल निरीक्षण

विमानस्थलमा अर्थमन्त्री डा. महतले भन्सारका कर्मचारीहरूसँग सोधपुछ गरेका थिए।
अर्थमन्त्री महतले गरे विमानस्थल निरीक्षण

काठमाडौं, साउन ११ : अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्। डा. महत बिहीबार बिहान विमानस्थलको निरीक्षण गरेका हुन्।

विमानस्थलमा अर्थमन्त्री डा. महतले भन्सारका कर्मचारीहरूसँग सोधपुछ गरेका थिए। केही दिनअघि राजस्व अनुसन्धान विभागले विमानस्थलको भन्सारबाट पास भएको सुन बरामद भएको थियो।

भन्सारबाटै ठूलो मात्रामा सुन पास भएको घटनापछि त्यसमा संलग्न नाइकेलाई खोजी गर्न सरकारलाई दबाब परेको छ।

प्रकाशित मिति: ११:२० बजे, बिहीबार, साउन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्