Kathmandu Press

‘कांग्रेस कोही भन्दा कम छैन भन्ने सबैलाई थाहा भयो’

‘सबैलाई धेरै धेरै धन्यवाद छ। मैले त धेरै आलोचना होला भन्ने ठानेको थिएँ, खासै भएन । त्यसका लागि खुसी लागेको छ।’
‘कांग्रेस कोही भन्दा कम छैन भन्ने सबैलाई थाहा भयो’

काठमाडौं, साउन १० : कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस कोहीभन्दा कोही कम रहेनछ भनेर सबैलाई प्रस्ट भएको बताएका छन्।

केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले बैठक लाइभ गर्दा कांग्रेस कोहीभन्दा कोही कम रहेनछ भनेर सबैलाई प्रस्ट भएको बताए ।

‘वास्तवमा हामीले धेरै विषयमा जीवन्त किसिमको छलफल गरेका छौँ। आज दुनियाँलाई थाहा भयो कि नेपाली कांग्रेसमा कोहीभन्दा कोही कम छैन भनेर,’ सभापति देउवाले भने।

साथै, उनले बैठकमा आफ्नो खासै आलोचना नभएकोमा खुसी व्यक्त गरे। उनले भने, ‘सबैलाई धेरै धेरै धन्यवाद छ। मैले त धेरै आलोचना होला भन्ने ठानेको थिएँ, खासै भएन । त्यसका लागि खुसी लागेको छ।’

प्रकाशित मिति: १९:३३ बजे, बुधबार, साउन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्