क्विन्टल सुन तस्करी प्रकरण : व्यापारी अडुकियाको घरमा राजस्व अनुसन्धान विभागको छापा
पछिल्लो समय सुन तस्करीको सुन बरामद भन्दा केहीसमय अघि उनले हङकङ भारत र दुबईको शंकास्पद भ्रमण गरेको पाइएपछि विभागले उनीमाथि अनुसन्धान थालेको थियो ।
काठमाडौं, साउन १० : क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रहेको आशंकामा राजस्व अनुसन्धान विभागले व्यापारी राकेश अडुकियाको घरमा छापा मारेको छ। विभागले उनको
कमलपोखरीस्थित घरमा बुधबार छापा मारेको हो।
पछिल्लो समय सुन तस्करीको सुन बरामद भन्दा केहीसमय अघि उनले हङकङ भारत र दुबईको शंकास्पद भ्रमण गरेको पाइएपछि विभागले उनीमाथि अनुसन्धान थालेको थियो ।
सुन प्रकरणमा मुछिएपछि अडुकिया भने भागिसकेको आशंका विभागले गरेको छ। क्विन्टल सुन ल्याउने रेडी ट्रेडर्स नामको कम्पनी पनि अडुकियाकै योजनामा खोलिएको आशंका छ। यो विषयमा विभागले अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: १९:२८ बजे, बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार