कांग्रेस बैठक : बागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा
आज बसेको केन्द्रीय समिति बैठकले गत स्थानीय, प्रदेश, प्रतिनिधिसभामा पार्टी बागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा गरेको हो।
काठमाडौं, साउन १० : नेपाली कांग्रेसले गएका तीन तहका निर्वाचनमा बागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा गरेको छ।
आज बसेको केन्द्रीय समिति बैठकले गत स्थानीय, प्रदेश, प्रतिनिधिसभामा पार्टी बागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा गरेको हो।
कारबाही फुकुवा भएका नेताहरू जंगीलाल राय, देवेन्द्र बहादुर शाही, नवराज शाही, राजुसिंह कठायत, मनोजकुमार शाह, प्रल्हादकुमार क्षेत्री, तारादेवी महतो, भोला खड्का, राम यादव, विजय कुमार महतो, विदेश्वर शाह, रूकुम तामाङ र लक्ष्मण सिंह छन्।
प्रकाशित मिति: १८:४१ बजे, बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार