Kathmandu Press

फिल्मफेयर अवार्ड : आलिया र रणवीर उत्कृष्ट

काठमाडौं, फागुन ४ : ६५औं एमेजन फिल्मफेयर अवार्डमा जोया अख्तरको ‘गली बोय’ले धमाल मच्चाएको छ। शनिबार आसममा भएको अवार्ड वितरणमा यस फिल्मले १०....

फिल्मफेयर अवार्ड : आलिया र रणवीर उत्कृष्ट

काठमाडौं, फागुन ४ : ६५औं एमेजन फिल्मफेयर अवार्डमा जोया अख्तरको ‘गली बोय’ले धमाल मच्चाएको छ। शनिबार आसममा भएको अवार्ड वितरणमा यस फिल्मले १० अवार्ड जितको छ।

‘गली बोय’ले बेस्ट फिल्म अवार्ड जित्यो भने यहि फिल्मबाट आलिया भट्ट र रणवीर सिंहले बेस्ट अभिनेत्री तथा अभिनेताको अवार्ड पाए।

Hardik ivf

गुहाटीको इन्दिार गान्धी स्टेडियममा भएको समारोहमा ‘गली बोय’का लागि जोया अख्तरले बेस्ट डाइरेक्टर, सिद्धान्त चतुर्वेदी र अमृता सुभाषले बेस्ट सपोर्टिङ अभिनेता तथा अभिनेत्रीको अवार्ड पाए भने जोया र अंकुर तिवारीले बेस्ट म्युजिक एल्बमको अवार्ड पाए। त्यस्तै, बेस्ट स्क्रिनप्ले र बेस्ट डायलगको अवार्ड पनि ‘गली बोय’ले नै पायो।

त्यस्तै, बेस्ट फिल्म क्रिटिक च्वाइ अवार्ड फिल्म ‘आर्टिकल–१५’, बेस्ट एक्टर क्रिटिक च्वाइस अवार्ड ‘आर्टिकल–१५’का लागि आयुष्मान खुराना, बेस्ट एक्ट्रेस क्रिटिक च्वाइस अवार्ड ‘साँड की आँख’का लागि भूमि पेडनकर र तापसी पन्नुले पाएका छन्।

यसैगरि बेस्ट लिरिक्सको अवार्ड ‘अपना टाइम आएगा’का लागि डिवाइन र अंकुर तिवारी, बेस्ट प्लेब्याक सिंगर ‘अलंक नहीँ’का लागि अरिजित सिंह र ‘घुँघरु टुट गए’का लागि शिल्पा रावले जितिन्। बेस्ट ओरिजनल स्टोरी अवार्ड ‘आर्टिकल–१५’का लागि अनुभव सिन्हा र गौरव सोलंकी, लाईफ टाइम अचिभमेन्ट अवार्ड रेमश सिप्पीले पाएका छन्।

यस्तै, बेस्ट म्युजिक एल्बम अवार्ड ‘गली बोय’ र ‘कबीर सिंह’, बेस्ट डेब्यू एक्ट्रेस ‘स्टुडेन्ट अफ द इयर’का लागि अनन्या पांडे, बेस्ट डेब्यू एक्टर ‘मर्द को दर्द नही होता’का लागि अभिमन्यू दसानी, बेस्ट डेब्यू डायरेक्टर ‘उरी ः द सर्जिकल स्ट्राइक’का लागि अािदत्य धरले जितेका छन्।

प्रकाशित मिति: ११:२७ बजे, आइतबार, फागुन ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्