कांग्रेसले मंसिरको ११ देखि १३ गतेसम्म महासमिति बैठक बोलाउने, नीति महाधिवेशनकाे काम गर्ने
केन्द्रीय समितिको बैठकमा यस्तो प्रस्ताव गरिएको हो। काठमाडौंमा बस्ने उक्त बैठकले नीति महाधिवेशनको काम गर्ने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए।
काठमाडौं, साउन १० : नेपाली कांग्रेसले मंसिरको ११ देखि १३ गतेसम्म महासमिति बैठक बोलाउने प्रस्ताव गरेको छ।
केन्द्रीय समितिको बैठकमा यस्तो प्रस्ताव गरिएको हो। काठमाडौंमा बस्ने उक्त बैठकले नीति महाधिवेशनको काम गर्ने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए।
यस्तै सांगठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० गतेसम्म आन्तरिक अभियान र भदौ १० देखि २४ गतेसम्म ‘समुदायमा कांग्रेस’ नामक राष्ट्रव्यापी अभियान चलाउने निर्णय भएको पनि महामन्त्री शर्माले बताए।
मंसिर २०७८ मा भएको कांग्रेसको १४औं महाधिवेशनले नीति अधिवेशन गर्ने निर्णय गरेको थियो तर विधानमा नीति अधिवेशनसम्बन्धी व्यवस्था छैन।
प्रकाशित मिति: १८:३१ बजे, बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार