Kathmandu Press

सुन प्रकरणमा राज्यसत्ताका जिम्मेवार व्यक्ति सामेल हुन सक्छ : चित्रबहादुर केसी

बुधबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै केसीले राज्यसत्ताका जिम्मेवार व्यक्ति सामेल नभई सुन प्रकरण जस्ता ठूला अपराध हुनै नसक्ने बताए।  
सुन प्रकरणमा राज्यसत्ताका जिम्मेवार व्यक्ति सामेल हुन सक्छ : चित्रबहादुर केसी

काठमाडौं, साउन १० : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सुन प्रकरणमा राज्यसत्ताका जिम्मेवार व्यक्ति सामेल हुन सक्ने बताएका छन्।

बुधबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै केसीले राज्यसत्ताका जिम्मेवार व्यक्ति सामेल नभई सुन प्रकरण जस्ता ठूला अपराध हुनै नसक्ने बताए।  

केसीले सुन प्रकरणमा भरियालाई मात्रै पक्राउ गरेर जनताको आँखामा छारो हाल्न नपाइने भन्दै मूल अपराधीलाई समातेर नेपाली जनतालाई देखाउन सक्नुपर्ने धारणा राखे।

चीन, भारत र नेपालका अपराधीहरु मिलेर नेपाललाई तस्करको ट्रान्जीट प्वाइन्ट बनाइएकाले यसमा सरकारले गम्भीर भएर छानविन गर्नुपर्ने उहाले बताए।

अध्यक्ष केसीले सुन प्रकरणमा निष्पक्ष छानविन हुनुपर्ने र कोहि दोषीले पनि उन्मुक्ति पाउन नहुने उल्लेख गरे। 

प्रकाशित मिति: १८:०२ बजे, बुधबार, साउन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्