कोशी प्रदेशको रिटमा सुनुवाइ सकियो, बिहीबार फैसला
सर्वोच्च अदालतको पूर्ण इजलासमा अन्तिम सुनुवाइ सकिए पनि फैसला सुनाउन समय अपुग भएकाले भोलीका लागि ‘हेर्दाहेर्दै’ मा राखिएको हो।
काठमाडौं, साउन १० ः कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिट निवेदनमा विहीवार मात्रै निर्णय सुनाइने भएको छ।
सर्वोच्च अदालतको पूर्ण इजलासमा अन्तिम सुनुवाइ सकिए पनि फैसला सुनाउन समय अपुग भएकाले भोलीका लागि ‘हेर्दाहेर्दै’ मा राखिएको हो।
बुधबार नै फैसला सुनाउने गरी इजलासले वहशका लागि समय निर्धारण गरे पनि फैसला लेखनका लागि समय लाग्ने भएकाले विहीवारलाई सारिएके हो।
भोलि न्यायाधीहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले निर्णय दिनेछ।
कोशी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले कोशी प्रदेश सरकार गठन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।
प्रकाशित मिति: १७:१६ बजे, बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











