Kathmandu Press

तामाङ र मगर समुदायको आत्मसम्मानमा चोट पर्ने अभिव्यक्ति दिएको भन्दै अधिवक्ता पाण्डेलाई कारबाही माग

एउटा टेलिभिजन कार्यक्रममा हाड नाताभित्र हुने विवाहले अपराध बढाएको र तामाङ–मगर समुदायमा दाजुबहिनीबीचमै विवाह हुँदा सन्तान एकोहोरो हुने र अपराधमा संलग्न हुने भन्दै पाण्डेले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले कारबाहीको माग गरेकी हुन्।
तामाङ र मगर समुदायको आत्मसम्मानमा चोट पर्ने अभिव्यक्ति दिएको भन्दै अधिवक्ता पाण्डेलाई कारबाही माग

काठमाडौं, साउन १० : सांसदहरूले तामाङ र मगर समुदायको आत्मसम्मानमा चोट पर्ने गरी अभिव्यक्ति दिएको भन्दै अधिवक्ता भगवती पाण्डे (शीतल पाण्डे) लाई कारबाही गर्नुपर्ने माग राखेका छन्। बुधबारकाे प्रतिनिधिसभाखबैठकमा कांग्रेस सचेतक सुशिला थिङ र एमाले सांसद ईश्वरी घर्तीले त्यस्ताे माग गरेका हुन्। 

एउटा टेलिभिजन कार्यक्रममा हाड नाताभित्र हुने विवाहले अपराध बढाएको र तामाङ–मगर समुदायमा दाजुबहिनीबीचमै विवाह हुँदा सन्तान एकोहोरो हुने र अपराधमा संलग्न हुने भन्दै पाण्डेले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कांग्रेस सचेतक सुशिला थिङले कारबाहीको माग गरिन्। पाण्डेको अभिव्यक्तिले आफूले सुन तस्करी काण्डले भन्दा बढी पोलेका पनि उनले बताएकी छन्। तामाङ र मगर समुदायमाथि दिएको अभिव्यक्तिको विषयलाई लिएर उनले अधिवक्ता पाण्डेलाई मात्र नभएर कार्यक्रम प्रस्तोतालाई पनि कारबाही गर्नुपर्ने बताएकी छन्।

‘अधिवक्ता भगवती पाण्डेले दिएको अन्तर्वार्तामा तामाङ मगरलगायत अन्य जाति समुदायको आत्मसम्मानमा चोट पर्ने गरी जुन अभिव्यक्ति दिनुभएको छ, त्यसको घोर आपत्तिजनक भएकाले घोर भर्त्सना गर्न चाहन्छु,’ उनले भनिन्, ‘हाड नाताभित्र हुने विवाहले अपराध बढाएको दाबी गर्दै तामाङ समुदायमा दाजु बहिनीबीचमै विवाह हुँदा विवाह गर्ने व्यक्ति एकोहोरो हुने र अपराधामा संलग्न हुने भन्ने अभिव्यक्तिले मेरो मनमा सुन काण्डभन्दा बढी पोलेको छ।’

पाण्डेको अभिव्यक्तिले आफू कति आपराधिक समुदायको माननीय रहेछु भनेर चिन्ता लागेको पनि उनले बताइन्। उनले गलत उदाहरण दिएर जाति समुदायको संस्कार संस्कृतिमाथि धावा बोल्नेलाई हदैसम्मको कारबाही गर्न माग गरिन्।

त्यसैगरी एमाले सांसद ईश्वरी घर्तीले पनि सोही विषय उठाइन्। ‘एउटा टेलिभिजन कार्यक्रममा शीतल पाण्डेले दाजुबहिनी विवाह गर्ने अभिव्यक्तिले तामाङ र मगर समुदायमा गम्भीर चोट पुगेको छ। यसबाट समुदायलाई हेर्ने दृष्टिकोणमा नराम्रो असर पर्न गएको छ। उहाँको अधिवक्ताको लाइसेन्स खारेजी गरी कारबाही अगाडि बढाउन माग गर्छु,’ उनले भनिन्।  

प्रकाशित मिति: १७:११ बजे, बुधबार, साउन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्