Kathmandu Press

निर्वाचन आयुक्त दिनेश थपलियाले माफी माग्नुपर्छ : प्रदीप यादव

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफूहरुले समयमै चुनाव खर्च जिल्ला निर्वाचन कार्यालयमा बुझाएको र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे पनि थपलियाले खर्च विवरण सार्वजनिक नगरेको भन्दै विज्ञप्ति निकालेको भन्दै उनले आपत्ति जनाए। 
निर्वाचन आयुक्त दिनेश थपलियाले माफी माग्नुपर्छ : प्रदीप यादव

काठमाडौं, साउन १० जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई माफी माग्न आग्रह गरेका छन्।निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाउँदै उनले थपलियालाई माफी माग्न आग्रह गरेका हुन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफूहरुले समयमै चुनाव खर्च जिल्ला निर्वाचन कार्यालयमा बुझाएको र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे पनि थपलियाले खर्च विवरण सार्वजनिक नगरेको भन्दै विज्ञप्ति निकालेको भन्दै उनले आपत्ति जनाए। 

थपलियाले जनप्रतिनिधिको चरित्र हत्या गरेको भन्दै माफी नमागे मानहानीको मुद्दा लगाउने वा महाअभियोग लगाउने चेतावनी पनि उनले दिए।  ‘यो खेदजनक छ। त्यसैले म यो सदनमार्फत प्रमुख आयुक्तजीलाई माफी माग्न अनुरोध गर्दछु। उहाँले माफाी माग्नुभएन भने त्यस्ता प्रमुख अयाुक्तलाई बाध्य भएर कि त मानहानीको मुद्दा ठोक्नुपर्छ अथवा महाभियोग लगाउनुपर्छ’ यादवले भने।

प्रमुख आयुक्तले जानीजानी जनप्रतिनिधिको चरित्र हत्या गरेको यादवको आरोप थियो।  ‘जनप्रतिनिधिको चरित्र हत्या गर्ने डिजाइनका साथ प्रमुख आयुक्तले विज्ञप्ति जारी गर्नुभएको छ,’ उनले भने, ‘जबकि हामीले समयमा नै खर्च विवरण बुझाएका छौं, जिल्ला निर्वाचन कार्यालयमा यसको लेखोट छ र हामीले आफ्नो फेसबुकमार्फत र सामाजिक सञ्जालमार्फत खर्च विवरण सार्वजनिक गरेका छौं।’

प्रकाशित मिति: १६:२५ बजे, बुधबार, साउन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्