Kathmandu Press

सुन तस्करीबारे छानिबन अघि बढेका बेला सांसदलाई टाउको नदुखाउन माओवादी नेता पाैडेलकाे आग्रह

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राज्य सुशासनको प्रत्याभूति दिने गरी सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए।
सुन तस्करीबारे छानिबन अघि बढेका बेला सांसदलाई टाउको नदुखाउन माओवादी नेता पाैडेलकाे आग्रह

काठमाडौं, साउन १० : माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले भ्रष्टाचारको जुनसुकै काण्डमा मुछिएकाहरूलाई कारबाही लागि सरकारले छानिबन अघि बढाइरहेका बेला सांसदहरुलाई टाउको नदुखाउन आग्रह गरेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राज्य सुशासनको प्रत्याभूति दिने गरी सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए।

सुन तस्करीको विषयलाई लिएर एमालेले सदन अवरोध गरेपछि पौडेलले जवाफ फर्काउँदै दोषीलाई कारबाही गर्दा सांसदहरु खुसी हुनुपर्नेमा विरोधमा उत्रिनु दुःखद भएके बताए।

‘सरकारको जिम्मेवारी सम्हाल्नुभएको गृहमन्त्री र अर्थमन्त्रीको बारेमा प्रश्न उठेको छ। दिउँसै रात पार्न खोजिएको थियो। रातलाई दिउँसो पारिँदैछ। भ्रष्टाचारको विषयमा सरकारले छानबिन अगाडि बढाइरहेको छ। माननीयज्यूहरूलाई टाउको नदुखाउन म अनुरोध गर्छु,’ उनले भने, ‘कसैको अनुहार हेर्न जरुरी छैन सरकार अगाडि बढोस्, बाँकी उठेका कतिपय विषयमा पनि सरकारले छानबिन गरेर व्यक्तिको अनुहार हेरेर होइन उसको काम हेरेर राज्यलाई सुशासनको प्रत्याभूति दिने गरी अगाडि बढोस्।’

सरकारले गरेका राम्रा कामलाई समर्थन गर्न उनले आग्रहसमेत गरे। सुन प्रकरणलाई लिएर सत्ता प्रतिपक्षी दलहरू एमाले, रास्वपा, राप्रपा सुन तस्करी प्रकरणमा सरकारको जवाफ मागेका बेला कांग्रेसकै सांसद सुनिल शर्माले पनि अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागे। 

प्रकाशित मिति: १६:१४ बजे, बुधबार, साउन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्