कांग्रेस सांसद सुनील शर्माले मागे गृहमन्त्री र अर्थमन्त्रीकाे राजीनामा
उनले प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड फर्केपछि आफू यो विषय उठाएर आमरण अनसन बस्ने बताए।
काठमाडाैं, साउन १० : कांग्रेस सांसद सुनील शर्माले गृहमन्त्री र अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सुन तस्करीमा प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले अनुसन्धान प्रक्रियालाई सहज बनाउन राजीनामा दिनुपर्ने बताएका हुन्।
‘उहाँहरुले यो अनुसन्धानलाई सहज बनाउन अहिलेलाई मुख्य सुनको मालिक पत्ता नलागेसम्म राजीनामा गरेर प्रजातान्त्रिक अभ्यासको कदर गर्नुपर्छ,’ उनले भने। उनले मालिकलाई उन्मुक्ति दिने र भरियालाई जेल हाल्ने प्रवृत्तिकाे विराेध गरे।
उनले प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड फर्केपछि आफू यो विषय उठाएर आमरण अनसन बस्ने बताए। ‘भरियालाई जेलभित्र हाल्ने, मुख्य नाइके नसमाउने?,’ उनले भने, ‘मुख्य नाइके सरकारले समाएन भने म संसदमै अनसन बस्छु।’
प्रकाशित मिति: १५:३२ बजे, बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











