ललिता निवास किर्ते अनियमितता प्रकरणमा आरोपीको बयान अन्त्यतिर
हिरासतमा रहेका करिव सबैको बयान सकिएको सिआइवी स्रोतले जनाएको छ। गत साउन ८ मा पक्राउ परेका नक्कली मोही सञ्जय महर्जन र सकुलानन्द महर्जनको मात्र बयान बाँकी छ।
काठमाडौं, साउन १० : बालुवाटारस्थित ललिता निवास जग्गा अनियमितता किर्ते प्रकरणमा पक्राउ गरिएका आरोपीको बयान अन्त्यतिर पुगेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेका २२ मध्ये दुई जना बाहेक सबै बयान सकिएको हो। हिरासतमा रहेका करिव सबैको बयान सकिएको सिआइवी स्रोतले जनाएको छ। गत साउन ८ मा पक्राउ परेका नक्कली मोही सञ्जय महर्जन र सकुलानन्द महर्जनको मात्र बयान बाँकी छ।
जग्गा अनियमितता प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङसहित २१ जना हिरासतमा छन्। तीमध्ये सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत असार ५ गते सर्वोच्च अदालतको आदेश अनुरुप छुटेका छन्। उनको पनि बयान सकिएको जनाइएको छ।
प्रकाशित मिति: १४:५२ बजे, बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











