Kathmandu Press

सुन प्रकरणबारे उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठसँग एमालेले जवाफ माग्ने

गृहमन्त्रीले दिने जवाफका आधारमा एमालेले थप कदम चाल्ने पनि एमाले सांसद रघुजी पन्तले बताए।
सुन प्रकरणबारे उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठसँग एमालेले जवाफ माग्ने

काठमाडौं, साउन १० : प्रमुख प्रतिपक्षी एमालेले विमानस्थलमा भन्सार जाँचपास भइसकेको एक क्विन्टल सुन बरामद प्रकरणलाई लिएर निष्पक्ष छानबिनको माग गरेको छ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको एमाले संसदीय दलको बैठकले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्ने निर्णय गरेको छ। गृहमन्त्रीको संलग्नताबिना ठुलो परिमाणको सुन ल्याउन सम्भव नभएको निष्कर्ष बैठकले निकालेको छ।

एमाले संसदीय दलको बैठकले गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने र जवाफ माग गर्ने निर्णय गरेको एमाले सांसद रघुजी पन्तले बताए।

उनले पटकपटक सुन आएको खबर प्रकाशित भएको अवस्थामा गम्भीरतापूर्वक गहिराइमा पुगेर छानबिन गर्नुपर्ने र भरियालाई मात्रै नभई सुन ल्याउने मुख्य व्यक्तिलाई पक्राउ गरेर सुन ल्याउन सघाउनेलाई पनि कारबाही गर्नुपर्ने बताए।

गृहमन्त्रीले दिने जवाफका आधारमा एमालेले थप कदम चाल्ने पनि उनले बताए।

प्रकाशित मिति: १४:२९ बजे, बुधबार, साउन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्